माओवादी केन्द्रको जारी बन्दशत्र : नारायणकाजी श्रेष्ठ र गिरिराजमणी पोखरेलद्वारा बहिष्कार !

diyopost.com
दियो पोस्ट  बिहिबार, पौष १५, २०७८ | १८:०४:१४

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द शत्र राजधानीको प्रज्ञा भवनमा जारी छ । उक्त महाधिवेशनको आज ५ औँ दिन हो । आज प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथि आ–आफ्टो टोलीको तर्फबाट नेताहरुले धारणा राख्दै छन् ।

तर, आजको बैठकमा उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य गिरिराजमणी पोखरेलले बहिस्कार गरेको पाइएको छ ।

बन्दशत्रमा सहभागी कार्यकर्ताहरुले निर्मल लामा बहुप्राविधिक शिक्षालयमा रहेको जनयुद्धका शहिद रामबृक्ष यादव (मास्टरसाब)को शालिक हटाइएको भन्दै पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलको आलोचना गरेका थिए ।

पूर्वमन्त्री सत्यनायारण भगतले सहिद यादवको शालिह हटाएको प्रति पोखरेलको चर्को आलोचना गरेका थिए ।

श्रेष्ठ समुहबाट माओवादीमा प्रवेश गरेका पाखरेलले जनयुद्धलाई आत्मसाथ गर्न नसकेको भन्दै चर्को आलोचना भएको थियो । जनयुद्धको लिगेसीलाई आत्मसाथ नगरेको भन्दै पोखरेलको चर्को आलोचना भएको हो ।

 

श्रेष्ठ समुहले बहिस्कार गरेपनि नेताहरुले रिर्पोटिङ गर्ने काम भने रोकिएको छैन । बन्दशत्रमा गोपाल शर्माले प्रचण्ड विचारधारा ब्युँताउनुपर्ने तथा बन्दशत्र हलबाटै नेतृत्व चयन हुनुपर्ने माग अघि सारेका छन् । यता उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिंखडाले पनि आफ्नो धारणा राख्दै प्रचण्डपथ नै ब्युताउनुपर्ने धारणा राखेको स्रोतले बतायो ।

 

सम्बन्धित खबर