'; '; ';

नेपालको हित प्रवद्र्धनमा सफल र भ्रमण अत्यन्त फलदायी भयो : प्रम

नेपालको हित प्रवद्र्धनमा सफल र भ्रमण अत्यन्त फलदायी भयो : प्रम

काठमाडौँ, १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण अत्यन्त फलदायी र नेपालको हित प्रवद्र्धनमा सफल रहेको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभामा भाग लिई आज स्वदेश फर्केपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अतिकम विकसित र भूपरिवेष्टित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराउँदै त्यस्ता देशलाई थप सहयोग आवश्यक रहेको विषय जोडदार रुपमा नेपालले उठाएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मैले संविधान जारी भएसँगै राजनीतिक स्कटकाल अन्त्य भएको, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई टु्ंगोमा पु¥याएको र नेपालले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा नेपालको विश्व सम्बन्धमा बढेको पहुँचको विषयसहित १२ वर्षमा सम्पन्न भएको युगान्तकारी राजनीतिक परिवर्तन र नेपालले हाल अवलम्बन गरेको आर्थिक समृृद्धिको दिशा र सुशासनको नीतिका बारेमा धारणा राखेँ ।”

(रासस)

० प्रतिक्रिया




ट्रेन्डिङ