'; '; ';

स्थायी राजधानीका लागि ज्ञापनपत्र प्रस्तुत

स्थायी राजधानीका लागि ज्ञापनपत्र प्रस्तुत

विराटनगर, १८ असोज । विराटनगरमा स्थायी राजधानी बनाउन माग गर्दै विभिन्न संघसंस्थाका प्रतिनिधिले प्रदेश नं १ का सभामुखलाई आज ज्ञापनपत्र बुझाएको छ ।

मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठनसहित विराटनगरका ५७ भन्दा बढी सङ्घसंस्थाले सामूहिक रुपमा सभामुख प्रदीप भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।

संसद् सचिवालयमा पुगेर उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष पवन सारडा, विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीसहितले संयुक्त रुपमा सभामुख भण्डारीलाई उक्त ज्ञापनपत्र बुझाएको छ।

सबै दृष्टिकोणले विराटनगरलाई राजधानी बनाउन उपयुक्त भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुभ्mदै सभामुख भण्डारीले स्थायी राजधानी र प्रदेशको नामकरणको विषय सदनमा प्रवेश गरी नसकेकाले सो माग सम्बन्धित प्रदेशसभामा पेश गरिने आश्वासन दिएको छ । ९रासस०

० प्रतिक्रिया




ट्रेन्डिङ