'; '; ';

दुधालु गोरुको संरक्षणः घाँसपात र दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्दै ! (भिडियो सहित)

दुधालु गोरुको संरक्षणः घाँसपात र दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्दै ! (भिडियो सहित)

सिन्धुपाल्चोक, असोज २१ । पहिले कहीँकत्तै नसुनेको दुध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन । हेलम्बु गाउँपालिका इचोक पुराना गाउँस्थित दुधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ ।

पुराना गाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पूर्ण खर्च गाउँपालिकाले बेहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘दुधको थप ल्याब टेष्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौँ’, शेर्पाले भने, ‘दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।’

अहिले गाउँपालिकाले दुध दिने गोरुसँगै शिव मन्दिर निर्माण कार्ययोजना बनाईरहेको छ । जेठदेखि गाईको झैं गोरुको अण्डकोष छेउको थुनबाट सेतो थोपा खस्न थालेपछि मालिक सोनाम तामाङले अनुमानको भरमा दुहेका थिए । आईतबारको कान्तिपुर दैनिकमा खबर छ ।

यो पनि हेर्नुस् !

० प्रतिक्रिया




ट्रेन्डिङ