'; '; ';

‘हजार जुनी सम्म’ मा महंगो पारिश्रमिक लिदै आर्यन सिग्देल

‘हजार जुनी सम्म’ मा महंगो पारिश्रमिक लिदै आर्यन सिग्देल

गफगाफ – चलचित्र नाई नभन्नु ल को सफल प्रदर्शन पश्चात निर्देशक विकासराज आचार्य अर्को चलचित्रका निम्ति कस्सिएर लागेका छन् ।  आचार्यले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘हजार जुनी सम्म’ का निम्ति कलाकारहरुको छनोट भइरहेको छ ।  निर्देशक आचार्यले नयाँ चलचित्रका निम्ति नायिका स्वस्तिमा खड्कालाई केहि समय अघि नै अनुवन्धित गरिसकेका छन् । अब भने चलचित्रका निम्ति अधिकांश कलाकार फाइनल भएको निर्देशक आचार्यले जानकारी दिए । चलचित्रका लागि नायक आर्यन सिग्देल पनि फाइनल भएका भएको बुझिएको छ । नायक आर्यन सिग्देल आफैले निर्माण गरेको चलचित्र कायरा प्रदर्शन पश्चात खाली नै थिए । उनले निर्माण गरेको चलचित्र कायराले औषत व्यापार गरेको थियो ।

नायक आर्यन सिग्देल चलचित्र ‘हजार जुनी सम्म’ का निम्ति महंगो पारिश्रमिकमा अनुवन्धित भएको बुझिएको छ । उनले १० लाख भन्दा माथि पारिश्रमिक लिएर चलचित्रमा लिखित सम्झौता गरेको बताइएको छ । चलचित्रका निम्ति आर्यन सिग्देल सँगै सलोन बस्नेत पनि फाइनल भएको बताइएको छ । निर्देशक आचार्य चलचित्रका निम्ति नयाँ नायकको खोजिमा थिए । नायकको खोजि कार्य पनि सम्पन्न भइसकेको बिकासले गफगाफलाई बताए । चलसचत्रका निम्ति नव नायक अकी प्रधान फाइनल भएको बताइएको छ उनि दिल्लीमा बस्दै आएका थिए ।

विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाले संयुक्त रुपमा लेखेको चलचित्रमा नायिका प्रियंका कार्की पनि हुने लगभग फाइनल भएको बताइएको छ ।

० प्रतिक्रिया




ट्रेन्डिङ