'; '; ';

कहिल्यै नथाक्ने पर्यटनका डायनामिक फिगर दामोदर ढकाल

कहिल्यै नथाक्ने पर्यटनका डायनामिक फिगर दामोदर ढकाल

काठमाडौं । दक्षिण अफ्रिकाका प्रथम अस्वेत राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन् ‘सपना देख्नेले नै जीत हासिँल गर्छ ।’ तर देखिएको सपना पूरा गर्नका लागि मानिसमा उत्तिकै तत्परता र लगनशिलता पनि आवश्यक पर्छ ।

कक्षा सातमा पढ्दा स्कुल जाने बाटोमा ट्रेकिङ हिडेका गोरा छाला भएकाहरुलाई देखेर भविष्यमा उनीहरुसँगै काम गर्छु भन्ने सपना देखेका थिए सिन्धुपाल्चोकका दामोदर ढकालले । एसएलसी सम्मको  अध्ययन गाँउकै स्कुलबाट गरेपछि उनको काठमाडौं यात्रा सुरु भयो । उच्च शिक्षा अध्ययन र जागिरका लागि काठमाडौं आएका थिए उनी । तर उनलाई जुन पायो त्यही र जहाँ पायो त्यही भने काम गर्ने मन थिएन । उनको एउटै इच्छा थियो काम ठमेलमै चाहिन्छ चाहे त्यो भाडा माझ्नै नै किन नहोस् । तर गोरा छाला भएकाहरुलाई देख्नु प¥यो ।
कुरो सन् १९९६ तिरको हो । सिन्धुपाल्चोकबाट काठमाडौं आएका उनी बालाजु स्थित फुपु दिदीको घरमा बस्थे । उनको करिब एक महिनाको दैनिकी भनेको बिहान ६ बजे उठ्ने ठमेल आउने र काम खोज्ने बेलुकी ७–८ बजे घर फर्कनेमै बित्यो । उनले ठमेलको नचाहरेको कुनै गल्ली थिएन । जागिर खोज्ने क्रममा उनको लमजुङका एक जना साथीसँग भेट भयो ।  दिनहुँ ठमेल हिडेको देखेर होला सायद उनी आफैले दामोदरलाई बोलाएर काम लगाई दिने आश्वासन दिए र भने भोली मलाई भेट्न आउनु ।

उनको सल्लाह अनुसार भोली पल्ट उनी भेट्न उनको अफिस त गए तर बिहान देखि बेलुकी ५ बजे सम्म कुर्दा पनि उनी आएन । पर्सिपल्ट पुन उनी सोही समयमा उनको अफिस गए र भेट पनि भयो । उनले ढकाललाई होटल वा र्‍याफिटिङ कम्पनीमा काम गर्ने अवसर दिए ।

र्‍याफिटिङ कम्पनीमा काम गर्ने इच्छा देखाएपछि उनलाई रिभर ट्रेल्स केटीएममा पठाए । त्यहाँ उनलाई बिके सरले अन्तर्वार्ता लिनुभयो । अन्तर्वार्तामा अंग्रेजी बोल्न आउदैन भनेपछि कम्प्यूटर खोल्न लगाईयो । तर उनले बल्ल तल्ला कम्प्यूटर अन गरे । र, उनको जागिर भयो । त्यसपछि सात वर्ष सम्म त्यही कम्पनीमा काम गरेका उनले कम्पनी बन्द भएपछि भने आफ्नै व्यवसाय थाले । ठमेलमा २ वर्ष  साइबर संचालन गरेका ढकालले अब भने ट्राभल व्यवसाय तर्फ लाग्ने सोच बनाए । सोही अनुसार केही साथीहरुको सहकार्यमा काम पनि थाले । समय वित्दै थियो सन् २०१२ देखि भने एकल लगानीमा काम गर्ने योजना बनाए र मिसन नेपाल नामक ट्राभल कम्पनी दर्ता गरे । त्यसपछि भने उनले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । अहिले उनले ट्राभलसँगै होटल व्यवसाय पनि गरिरहेका छन् ।

यसका साथै उनी सामाजिक सेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । सन् २०१५ देखि किवानीज चाइल्ड फन्ड संचालन गरिरहेका छन् । जुन संस्थाले बालबालिकाहरुको लागि काम गर्दै आएको छ । त्यसका उनी अध्यक्ष हुन ।  त्यस्तै हेटौडामा मामाघर नेपालका पनि उनी संस्थापक सदस्य हुन । त्यो संस्थाले भने कुनै पनि दाताको सहयोग बिना सडक बालबालिकाको लागि काम गर्दै आएको छ ।  अब भने उनी अर्को ठुलो मावनीय सेवामा लागेका छन् अर्थात हस्पिटल निर्माणमा जुटेका छन् ।  सिन्धुपाल्चोक र दोलखामा हस्पिटल निर्माणको तयारीमा छन् । उनले व्यवसायसँगै सामाजिक सेवाको कामलाई पनि आगामी दिनमा अझ सशक्त रुपमा अघि बढाउने प्रण पनि गरेका छन् ।

० प्रतिक्रिया




ट्रेन्डिङ