'; '; ';

प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्यत्र सारिए काठमाडौँमा नाकाबन्दी गर्ने चेतावनी

प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्यत्र सारिए काठमाडौँमा नाकाबन्दी गर्ने चेतावनी

 

हेटौँडा, २४ असोज । प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा हेटौँडामा आयोजित चियापान तथा चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्यत्रै सारिए काठमाडौँमा नाकाबन्दी लाग्न सक्ने चेतावनी दिएका छन् ।

नेता बानियाँले प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेको र नेकपाले चाहेको खण्डमा राजधानी हेटौँडामा नै रहन सक्ने उल्लेख गर्दै आफूहरु हेटौँडामा नै राजधानी राख्नुपर्नेमा अडिग भएको बताएका छन् ।

नेता बानियाँले सडक सञ्जाल, सुरक्षा संवेदनशीलता र रणनीतिक दृष्टिकोणले प्रदेश नं ३ को राजधानी हेटौँडा उपयुक्त रहेको बताए ।

० प्रतिक्रिया




ट्रेन्डिङ