'; '; ';

एक महीनाभित्र प्रदेश नं ३ को स्थायी राजधानी टुङ्गो गर्ने पौडेलको दावी

एक महीनाभित्र प्रदेश नं ३ को स्थायी राजधानी टुङ्गो गर्ने पौडेलको दावी

चितवन,कात्तिक ११ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् ।

पत्रकारसँग आज उहाँले भन्नुभयो, “तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेलले राजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेख गरे । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दै उहाँले ढिलो नभएको दावी गरेका छन् ।

प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दै उहाँले भन्नुभयो, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।” केन्द्र र प्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै उहाँले ऐन कानून बनिनसक्दा केही असहज भए पनि काम गर्न रोकावट नभएको बताएका छन् । (रासस)

० प्रतिक्रिया




ट्रेन्डिङ