'; '; ';

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौँ, कात्तिक १६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । घाँटीको समस्याबाट पिडित मुख्यमन्त्री राईले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी र नेपाल मेडीसिटी अस्पतालमा उपचार गराउँदा रोग पत्ता नलागेपछि थाइल्याण्ड गएका हुन् ।

२ बर्षदेखी नै घाँटीको समस्याबाट पिडित रहेका मुख्यमन्त्री राई नीजि खर्चमा नै थाईल्याण्डको बैंकक स्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य उपचार गराउनेछन् ।

त्यहाँ उपचार पश्चात मुख्यमन्त्री राई आगामी कात्तिक २४ गते स्वदेश र्फकने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रदेश १ सरकारको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारका लागि थाइल्याण्ड जान स्वीकृत गरेको थियो ।

० प्रतिक्रिया




ट्रेन्डिङ