'; '; ';

स्वदेशमा कामदार अभाव, बैदेशिक रोजगार कहिलेसम्म ?

स्वदेशमा कामदार अभाव, बैदेशिक रोजगार कहिलेसम्म ?

काठमाडौं, कार्तिक १७ । इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक पाउन सकेका छैनन्।

‘नेपालका उद्योगलाई ९दर्ता भएका एक हजार० क्षमता अनुसार इँटा उत्पादन गर्न यतिखेर कम्तीमा साढे एक लाख श्रमिकको आवश्यकता छ,’ चित्रकारले भने, ‘श्रमिक चाहिएकोबारे अनेक शैलीले प्रचार गर्दा पनि काम गर्ने युवा भेटिँदैनन्।’

मासिक २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने उद्योगमा काम गर्ने श्रमिक पाउन गाह्रो परेपछि व्यवसायीमा कतै इँटा व्यवसाय नै धराशायी हुने होइन भन्ने आंशका बढ्न थालेको छ। चित्रकारका अनुसार हाल देशभरिका दर्तावाल इँटा उद्योगमा ३ लाख श्रमिकको आवश्यकता छ। तर, व्यवसायीले अनेक प्रयास गर्दा साढे १ लाख मात्र श्रमिक भेट्न सकेका छन् । तीमध्ये १ लाख जति त भारतीय श्रमिक रहेको उनी बताउँछन्।

‘यतिखर नेपालका इँटा उद्योगमा श्रमिकको चरम अभाव छ,’ उनले भने, ‘यसको साथै अहिले काम गरिरहेका भारतीय श्रमिक घर फर्के भने इँटा उद्योग नै संकटमा पर्ने अर्को खतरा छ।’

मासिक २५–३० हजार रुपैयाँ पारिश्रमिक पाइने इँटा उद्योगले श्रमिक नपाएर हारगुहार गरिरहँदा वैदेशिक रोजगारीमा जाने युवाको संख्या भने बढिरहेको छ। स्वदेशी उद्योगले दिने पारिश्रमिककै हाराहारी विदेशमा पारिश्रमिक पाउने र स्वदेशको भन्दा कठिन काम गर्न विदेश जान आवश्यक नहुँदानहुँदै बेरोजगार युवाको सपना वैदेशिक रोजगारी नै हुने गरेको छ।

नेपालमा श्रमिकको अभाव भइरहेको छ भन्ने इँटा उद्योग एउटा उदाहरण मात्र हो। सीप आवश्यक पर्ने हरेक क्षेत्रमा यतिखेर श्रमिकको आवश्यकता परिरहेको छ। तर, स्वदेशमा बसेर काम गर्ने वातावरण मिलाउन सरकारले सकेको छैन। जसले गर्दा युवा स्वदेशमा काम गर्नुको साटो वैदेशिक रोजगारीमा जान मरिहत्ते गरिरहेका छन्। भलै वैदेशिक रोजगारीमा अनेक समस्या किन नभोगेका हुन्।

वैदशिक रोजगारीमा नेपालीहरू कहिलेदेखि जान थालेरु आज पनि यसको ठयाक्कै जवाफ पाउन सकिँदैन । विभिन्न इतिहास खोतल्दै जाने हो भने प्रथम विश्व युद्धको बेलादेखि नै नेपालीहरूले वैदेशिक रोजगारीलाई पेसा बनाएको भेटिन्छ।

हुनतः कतिपय इतिहासकार सुगौली सन्धिपछि नेपालीहरू विदेशीका लागि काम गर्न थालेको तर्क पनि गर्छन्। इस्वी १७६३ मा मकवानपुर युद्ध र इस्वी १७६७ को सिन्धुलीगढी युद्धमा गोर्खालीहरूबाट अंग्रेजका विरुद्ध देखाएको रणकौशल, अनुशासन तथा आज्ञाकारिताबाट प्रभावित भएर ब्रिटिस अधिकारीहरूले उक्त युद्धमा नेपाली पराजित हुनेबित्तिकै तीन हजार युद्धबन्दीबाट चार पल्टन खडा गरी कुमाउ बटालियन, मलाउ बटालियन, शिरमोर बटालियन तथा नुमरी बटालियन खडा गरेको इतिहास आज पनि पढ्न पाइन्छ।

तैपनि सारा विश्वले मान्यता दिने गरी र विदेशी सेनामा भर्ना हुनुलाई पेसा बनाएको भने प्रथम विश्व युद्धपछि नै हो। विदेशी भूमिमा साम्राज्यवादी शक्तिको पक्षमा लडाइँ लडेबापत प्रथम विश्व युद्धपछि मात्र नेपालीले विदेशी मुद्रा स्वदेश भित्र्याउन थालेका हुन्। यसरी मृत्युसँग सौदाबाजी गरेर सुरु भएको वैदेशिक रोजगारी आजको अवस्थामा आइपुग्दा समयको विकास क्रमसँगै खाडी मुलुक र मलेसिया रोजगारीका गन्तव्य बन्न सकेका हुन् भन्न सकिन्छ।

खासगरी तत्कालीन समयमा साम्राज्यवादको उपमा पाएको बेलायतको विस्तारवाद नीतिलाई सघाउ पु(याउने उद्देश्यले नेपाली युवाहरू अंग्रेज फौजमा सामेल भएदेखि अहिलेसम्म पनि विदेशी भूमिमा रगत, पसिना बगाएर धनआर्जन गर्ने क्रम जारी छ। जब प्रथम विश्व युद्धमा अभाव भइरहेको लडाकु जनशक्ति परिपूर्तिका लागि नेपाली युवा प्रयोग गरिए त्यसैगरी युरोप, अमेरिका हुँदै आर्थिक रूपले सम्पन्न एसियन देशमा नेपालीहरू धनआर्जन गर्न जाने क्रम हेर्दा वैदेशिक रोजगारी नेपालीका लागि अहिलेको मात्र नभई निकै पहिलेदेखि नै अपरिहार्य बनेको रहेछ भन्न सकिन्छ।

सन् १९१४ देखि १९१८ सम्म चलेको प्रथम विश्व युद्धमा अंग्रेजको पक्षमा लागेर करिब १ लाख १५ हजार नेपालीले विदेशी भूमिमा रगत, पसिना बगाएका थिए भने त्यसको एक सय वर्षपछि यतिखेर विदेशी भूमिमा रगत र पसिना बगाउनेको संख्या करिब एक करोड ९भारतमा समेत० पुगेको अनुमान गरिँदैछ। यतिखेर वैदेशिक रोजगारीको लागि सबभन्दा बढी नेपाली छिमेकी मुलुक भारतमा छन्। खुला सीमानाका कारण भिसा नचाहिने भएकाले बर्सेनि कति नेपाली रोजगारीका लागि भारत पस्छन्, एकिन लेखाजोखा भने छैन।

वि।सं। २०६२र०६३ को दोस्रो जनआन्दोलनपछि खाडी मुलुक र मलेसिया नेपाली युवायुवतीका लागि श्रम गर्ने भारतपछिका अग्रणी गन्तव्य राष्ट्रका रूपमा देखिएका छन्। विगतमा फाटफुट रूपमा ती मुलुकमा जाने गरेका नेपाली वि।सं। २०६३ पछि काम चाहिनेबित्तिकै खाडी र मलेसिया कुदिहाल्ने प्रचलन सुरु भएको छ। सरकारले जब वि।सं। २०५६ सालमा वैदेशिक रोजगार विभाग स्थापना ग(यो। त्यसयता सुरु भएको श्रम स्वीकृति लिएर विदेश जाने क्रम दोस्रो जनआन्दोलनपछि त ह्वात्तै बढेको पाइन्छ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांक अनुसार हालसम्म करिब ४५ लाख युवा कामको खोजीमा श्रम स्वीकृति लिएर विभिन्न गन्तव्यमा पुगेका छन्। तीमध्ये करिब ९५ प्रतिशत युवा जनशक्ति खाडी मुलुक र मलेसिया पुगेको पाइन्छ। वि।सं। २०७० र २०७१ मा बर्सेनि मलेसिया र खाडी मुलुक पस्नेको संख्या पाँच लाख भन्दा बढी रह्यो।

वि।सं। २०६३ पछिको तथ्यांक हेर्दा बर्सेनि नेपालबाट कामको खोजीमा विदेश पस्नेहरू बढेका बढ्यै छन्। बिरानो भूमिमा काम गर्नुपर्दा जस्तोसुकै पीडा र समस्या भोग्नु परे पनि नेपालका लागि वैदेशिक रोजगारी फस्टाउँदो छ। देशको उत्पादन र औद्योगिक क्षेत्र निकै कमजोर हुन पुग्दा देशको अर्थतन्त्र टिकाउने एक मात्र माध्यम वैदेशिक राजगारी र त्यसबाट प्राप्त रेमिटेन्स हुँदै आएको छ।

वैदेशिक रोजगारीका कारण परिवार विखण्डनतर्फ उन्मुख भइरहेको उदाहरण तमाम छन्। वैदेशिक रोजगारीका कारण कृषिजन्य पदार्थको उत्पादन घट्दो छ । महाभूकम्प २०७२ पछि निर्माणको अवस्था सुध्रन सकेको छैन । त्यसका विविध कारणमध्ये एउटा जनशक्तिको अभाव पनि हो । काठमाडौंमै निर्माण भइरहेको रिङरोडमा भारतीय कामदार उपयोग गर्नुपरेको गुनासो छ।

आफ्नो देशमा काम नपाएको भन्दै विदेश पसेका युवाका कारण भारतीय कामदारका लागि नेपाल उर्वर भूमि बन्न पुगेको छ । त्यस्तै उत्पादनका क्षेत्र खासगरी खेतीयोग्य जमिन बर्सेनि बाँझो हुने समस्या बढेर जान थालेको छ । यो समस्या बढ्दै जाँदा सहरी क्षेत्रमा प्लटिङ गर्ने, खेती नगर्ने प्रवृत्ति बढ्नु घातक वैदेशिक रोजगारीको सबैभन्दा ठूलो घातक पक्ष हो।

रेमिटेन्स बढ्दै जाँदा सर्वसाधारणको महत्वाकांक्षा पनि चुलिनु स्वभाविक हो । कुनै पनि उत्पादन नहुने तर उपभोगप्रति आशक्ति र बानी बस्दै जाँदा वैदेशिक रोजगारीबाट आएको ठूलो रकम वैदेशिक सरसामग्रीमै खर्च हुन थालेको छ । अर्कोतर्फ वैदेशिक रोजगारीले नियमित रूपमा रकम आइरहेकाले कतिपय परिवार त्यही रकममा आश्रित हुने तर कुनै सिर्जनात्मक व्यवसायमा लगानी हुन नसक्दा परनिर्भरता बढ्न पुगेको छ।

निकै लामो समयदेखि युवा विभिन्न नाममा वैदेशिक रोजगारीमा जाने गरे पनि त्यसबाट देश र समाजले के उपलब्धि लिन सक्यो रु वर्षौं बितिसक्दा वैदेशिक रोजगारीको कमाइ प्रयोग गरेर देखिने गरी कुनै काम हुन सकेको छैन । वैदेशिक रोजगारीको कमाइ हरेक वर्ष उपभोग र गुजारामै सकिने गरेको छ । स्वदेशमा उत्पादनमूलक काम नगर्ने तर विदेश जानै पर्ने बाध्यताले रेमिटेन्स जुन मुलुकबाट आएको हो केही दिनमै उतै फर्कने गरेको छ।

गुजारामै सकिन्छ रेमिटेन्स
रुकुम, खंलगा–९ का रेशम केसीको पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारीबाट छ लाख रुपैयाँ कमाएपछि गाउँमै बस्ने धोको थियो । मलेसियाको तीन वर्षे वैदेशिक रोजगारी पूरा गरेर घर फर्केका केसीले अब गाउँमै कृषि खेतीमा जम्ने योजना बनाएका थिए।

‘तीन वर्षमा ६ लाख रुपैयाँ पठाएकाले घरमा केही रकम बचेको होला भन्ने लागेको थियो,’ ३१ वर्षीय उनले भने, ‘घर पुगेर कमाइको हिसाबकिताब गर्दा त पठाएको सबै रकम घर खर्चमा सकिएको पत्नीले जानकारी दिइन् ।’ गाउँमै केही काम गर्ने योजना बनाएका केसी फर्केको छ महिनामै बेखर्ची भएपछि पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा छन्। शनिबारको नागरिक दैनिकमा खबर छ ।

० प्रतिक्रिया




ट्रेन्डिङ