'; '; ';

स्वारेज र डेम्बेलेले तीन मिनेटमा दुई गोल गरेपछि यसरी जोगियो बार्सिलोना

स्वारेज र डेम्बेलेले तीन मिनेटमा दुई गोल गरेपछि यसरी जोगियो बार्सिलोना

काठमाडौं, १८ कात्तिक । ८७ मिनेटसम्म २–१ ले पछि परेको बार्सिलोनालाई लुइस स्वारेज र उसामाने डेम्बेलेले बचाएका छन् । गएराती भएको खेलमा रायो भालोकानो ८७ मिनेटसम्म बार्सिलोनाविरुद्ध २–१ गोलले अघि रहँदै जिततर्फ लम्केको थियो । यस्तोमा ८७ औं मिनेटमा डेम्बेलेले बार्सिलोनाको लागि बराबरी गोल गरे । ९० औं मिनेटमा स्वारेजले गोल गर्दा बार्सिलोनाले खेलमा पुनरागमन गर्दै अन्ततः ३–२ को अन्तरले खेल जित्न पुग्यो ।

पहिलो स्थानमा रहेको बार्सिलोनाका लागि ११ औं मिनेटमा स्वारेजले नै अग्रता बनाएका थिए । तर, ३५ औं मिनेटमा र दोस्रो हाफमा दुई गोल खाएपछि बार्सा पछि पर्न पुगेको थियो । तर, अन्तिम तीन मिनेटमा दुई गोल गरेपछि बार्सिलोना उत्कृष्ट पुनरागमन गरी तीन अंक जोड्न सफल भएको हो ।

११ खेल सकिंदा बार्सिलोना २४ अंकसहित पहिलो स्थानमा छ । ११ खेलबाटै २० अंक जोडेको एथलेटिको म्याड्रिड दोस्रो स्थानमा छ । एथलेटिकोले पनि गएराती नै लेगानेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

० प्रतिक्रिया




ट्रेन्डिङ