'; '; ';

बेइजिङमा ट्रककाे ठक्करबाट १५ जनाको मृत्यु, ४० घाइते

बेइजिङमा ट्रककाे ठक्करबाट १५ जनाको मृत्यु, ४० घाइते

बेइजिङ, १८ कात्तिक । ट्रक चालकले नियन्त्रण गुमाएपछि ट्रकले ठक्कर दिएर चीनको उत्तरपश्चिममा १५ जनाको मृत्यु भएको छ ।

चीनको लान्झाउ सहरमा भएको उक्त दुर्घटनामा अरु ४४ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

लान्झाउ सूचना विभागका अनुसार शनिबार राति सो ट्रकले एक्सप्रेस राजमार्गमा रोकिराखेका ३१ ओटा कारलाई ठक्कर दिएको थियो ।

घाइतेमध्ये दश जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । प्रहरीले ट्रक चालकलाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

चीनमा सवारी दुर्घटनाका घटना बारम्बार हुने र बर्सेनि हजारौंको मृत्यु हुने गरेको छ । अधिकारीहरुका अनुसार, सन् २०१५ मा मात्र सडक दुर्घटनामा करिब ५८ हजारको मृत्यु भएको थियो ।

अधिकांश दुर्घटना ट्राफिक नियमको उल्लङ्घनका कारण हुने गरेको बताइएको छ ।रासस/
एएफपी

० प्रतिक्रिया




ट्रेन्डिङ