ईन्टरनेटमा वर्ल्डलिंकको कालाेबजारी : ग्राहक भन्छन्, ‘ठग कम्पनी, पैसा लिन्छ सेवा दिँदैन’

दियो पोस्ट  

प्राविधिक समस्याका कारण तपाईंले खोज्नु भए अनुसारको समाचार लिंक उपलब्ध हुन सकिरहेको छैन । हामी प्रयासरत छौँ : धन्यवाद

काठमाडौं, माघ २० । दुरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन प्रा.ली. ले सेवाग्राहीसँग विभिन्न सेवाको बहानामा ब्रम्हलुट मच्चाएको तथ्य खुलेको छ । वर्डलिंकले धेरै स्पीडको रकम लिएर कम स्पीडको ईन्टरनेट सेवा प्रदान गर्दै आएको सेवाग्राहीको गुनासो छ । स्पीडमा मात्रै हैन सेवाग्राहीहरु विभिन्न वहानामा ठगिदै आएका छन् ।

वर्ल्डलिंकाे सामाजिक सञ्जाल फेसबुकमा पनि सेवाग्राहीले आफु ठगिएको भन्दै न्यायको माग गरिरहेका छन् । कसैले धेरै स्पीडको रकम लिएर कम स्पीड मात्रै सुचारु भएको त कसैले ‘वार्निङ लेटर’ नै नपठाई कारबाहीमा समावेश गराएको गुनासो गरेका छन् ।

डोरिक यादव नाम भएका फेसबुक प्रयोगकर्ताले आफूले वर्डलिङ्कको कर्मचारीसँग समस्याको गुनासो गरेको र कर्मचारीको व्यवहार राम्रो नभएको गुनासो गरेकोले पनि ईन्टरनेटको समस्या हल गर्न चासो नदेखाएको हुन सक्ने बताएका छन् ।

ईन्टरनेट प्रयोगकर्ता रोहित शर्मा राउटर पनि काम नलाग्ने भएको बताउछन् । उनले १० मिटरको दुरीमा रहेको अर्को कोठामा समेत वाईफाईले काम नगर्ने बताउछन् ।

३० एमबीपीएसको ईन्टरनेट जोडेका केही व्यक्तिले ‘स्पीड टेष्ट’ गर्दा डाउनलोड १६ र अपलोड १० एमबीपीएस मात्रै देखाउनुले पनि वर्डलिंकले ग्राहकको लुट्ने बाटो ढुकेर बसेको प्रष्ट हुन्छ ।

सुवास साहीले नेट जोडेको सुरुको समयमा राम्रैसँग ईन्टरनेट चल्थ्यो । तर अहिले राउटर नजिकै बसेमात्र ईन्टरनेट चल्छ । उनी भन्छन्,‘खोई के गरेको हो यो वर्डलिंकले ?एकदम खत्तम लाग्यो मलाई त’

४० एमबीपीएसको ईन्टरनेट प्रयोगकर्ता साजन तामाङले आफ्नो दुखेसो यसरी व्यक्त गछन् ।

केसाङ डोलाकर, सुमन आचार्य लगायत यो ईन्टरनेट प्रयोगकर्ताले पनि वर्डलिंकबाट सन्तुष्ट व्यक्त गर्न सकेका छैनन् । उनीहरु वर्डलिंकले आफूहरुलाई ठगेको बताउछन् ।

दिपु लम्सालले २० को भनेर ५ एमबीपीएस स्पीड आफुलाई दिएको भन्दै वर्डलिंकप्रति आक्रोस व्यक्त गर्छन् । ६ महिनासम्म पनि आफ्नो समस्या समाधान नभएको भन्दै उनले आफूलाई वर्ल्डलिंक उल्लु बनाएको बताए । मेघराज तिमल्सेना पनि वर्डलिङबाट आफू ठगिएको बताउछन् ।

विर्तामोडका किरण पौडेलले पनि ५० एमबीपीएसको वर्डलिंक ईन्टरनेट जडान गरे । तर उनले वर्डलिंक राम्रोसँग नचलेपछि एनसेलको सहायता लिनुपर्यो । उनी भन्छन्,‘वर्डलिंकको सेवा मलाई मन परेन’

केही प्रयोगकर्ताहरुले आफूलाई विना सुविधा वर्डलिंकले भिखारी नै बनाउन लागेको बताएका छन् । केहीले यो कम्पनीको एप्समा पनि असन्तुष्टी व्यक्त गरेका छन् ।

अर्का प्रयोगकर्ता दिनेश कान्छा वर्डलिंकसँग सम्बन्ध विच्छेद नै गर्नुपर्ने अवस्था आएको बताउछन् । कम्पनीले भाउ बढाएको र प्लान चेन्ज गरेको भएपनि सेवा भने सन्तोषजनक नरहेको उनी बताउछन् । फेसबुकमाट उनले यस्तो असन्तुष्टी व्यक्त गरेका छन् ।

दाशराज शाक्यले सेवाप्रति असन्तुष्टी व्यक्त गर्दै वर्डलिंकले स्लो प्वाईजन खाएर बौलाएको प्रतिक्रिया दिएका छन् । पोक्चु लाक्पा पनि यो कम्पनीले दिएको सेवाप्रति सन्तुष्ट हुन सकेका छैनन् ।

बृहत श्रेष्ठले आफूले २० एमबीपीएसको सेवा कागजी रुपमा लिएको भएपनि स्पीड भने १ एमबीपीएसको भएको भन्दै आक्रोस व्यक्त गरेका छन् । श्रेष्ठसँगै रोजिना सापकोटाले पनि वर्डलिंकले आफूहरुलाई ठगी गरेको बताएका छन् ।

अन्य विभिन्न सेवाग्राही तथा वर्डलिंकको ईन्टरनेट प्रयोगकर्ताले पनि आफ्ना असन्तुष्टी सामाजिक सञ्जालमा छताछुल्ल पारेका छन् । उनीहरुका गुनासा यस्ता छन् ।