'; '; ';

हिन्दु धार्मिक कार्यक्रममा यौनकाण्ड : ४५ वर्षे कुमारीमाथि धार्मिक संस्था प्रमुखद्वारा ‘पटक पटक शारीरिक सम्बन्ध’ !

हिन्दु धार्मिक कार्यक्रममा यौनकाण्ड : ४५ वर्षे कुमारीमाथि धार्मिक संस्था प्रमुखद्वारा ‘पटक पटक शारीरिक सम्बन्ध’ !

काठमाडौं, १७ कार्तिक । नवलपरासी जिल्ला स्थायी घर भएका विश्व भागवत धाम नेपाल नामक धार्मिक संस्थाका पूर्वसंयोजक समेत रहेका बासु घिमिरेले एक महिलालाई विचल्ली बनाएको आरोप लागेको छ ।

नुवाकोट घर भएकी सोही संस्थामा अवद्ध रहेकी होमकुमारी ओझाले आफूलाई बासु घिमिरेले पटक पटक शारिरीक सम्बन्ध राखेको र विहे गर्छु भन्दै फसाएको उजुरी विप्लव नेतृत्वको नेकपालाई दिएको खुलाशा भएको हो ।
हाल काठमाडौंको खड्का गाउँमा बस्दै आएका घिमिरेले धार्मिक गतिविधि गर्नका लागि भन्दै विश्वशान्ति फाउन्डेशन नेपाल नामक संस्था दर्ता गरेको पाइएको छ ।

‘२०७२ सालबाट सार्वजनिक सप्ताह लाउने क्रममा भेटघाट चिनजान भयो । चिनजानपछि हामीविच एक अर्कामा माया प्रेम बस्यो । जसको परिणाम शारिरिक सम्बन्ध पनि भयो,’ होमकुमारीले उजुरीमा भनेकी छिन्,‘त्यसपछि हाम्रो सम्बन्ध विभिन्न स्थानमा नियमित जसो हुन थाल्यो । सप्ताहबाट संकलित रकम बाँडफाँडको क्रममा विवाद भएपछि हाम्रो सम्बन्धलाई तोड्न खोजियो । जीवनको ४५ औँ वर्षसम्म विवाह नगरी कुमारी बसेकी मलाई मायाजालमा पारी शारीरिक सम्बन्ध राखेर बीचमै अलपत्र छाड्ने योजना बनाएको थाहा पाएँ । यसअर्थ घटनाक्रमको यथार्थमा गएर न्याय दिलाई पाउँ भनि यो निवेदन पेश गरेकोछु ।’

पीडित महिलाका अनुसार उनलाई माया जालमा फसाउने बासुदेवको घरमा छोरा छोरी सहित श्रीमति समेत छिन् । घरको श्रीमतीले थाहा पाउने डर भएपछि बासुदेव उनीसँग टाढिएको उनको आरोप छ ।
यता बासुदेवले भने आफूलाई होम कुमारी ओझाले झूटो आरोप लगाएको बताए । ‘मलाई झूटो आरोप लगाईएको हो । मैले त्यस्तो केही गरेको छैन,’ उनले भने,‘उहाँको आरोप गलत छ ।’

० प्रतिक्रिया




ट्रेन्डिङ