'; '; ';

रोचक बन्दै इपिएल, सिटी पहिलो स्थानमा पछ्याउँदै चेल्सी र लिभरपुल

रोचक बन्दै इपिएल, सिटी पहिलो स्थानमा पछ्याउँदै चेल्सी र लिभरपुल

काठमाडौं, १९ कात्तिक । इङिलस प्रिमियर लिगमा ११ खेल सकिंदा लिग रोचकतातर्फ अघि बढेको छ । गएराती भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटीले साउथह्याम्टनलाई ६–१ गोलको फराकिलो अन्तरले हराएको हो । पहिलो हाफमैं चार गोल गरेको सिटीले दोस्रो हाफमा थप दुई गोल थपेको थियो । जितसँगै सिटीले ११ खेलमा ९ जित र दुई बराबरीसहित २९ अंक जोडेको छ । सिटीले अहिलेसम्म एक खेलमा पनि पराजय बेहोरेको छैन ।

टक्कर दिंदै चेल्सी र लिभरपुल
११ खेलसम्म आइपुग्दा दोस्रो स्थानमा रहेका चेल्सी र लिभरपुल पनि पराजित भएका छैनन् । दुवैले ११÷११ खेल खेल्दा तीन तीन बराबरीसहित २७÷२७ अंक बटुलेका छन् । पछिल्ला खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, लिभरपुलले आर्सनलसँग १–१ गोलको बराबरी खेलेको थियो । अंक तालिकामा टोटेनहम २४ अंकसहित चौथो स्थानमा, २३ अंकसहित आर्सनल पाँचौ स्थानमा, २० अंकसहित बर्नमाउथ छैटौं स्थानमा र २० अंकसहित नै म्यानचेस्टर युनाइटेड सातौं स्थानमा छन् ।

० प्रतिक्रिया




ट्रेन्डिङ