'; '; ';

पद्मिनी गजलसंग्रह विमोचन

पद्मिनी गजलसंग्रह विमोचन

काठमाडौँ, कात्तिक १९ । विभिन्न ख्यातिप्राप्त गायक गायिकाहरुको स्वरमा सजिएका गजलहरुलाई संयोजन गरि पद्मिनी गजलसंग्रह बजारमा सार्वजनिक गरिएको छ । निश्चल पिपएसको गजलसंग्रह सिसिफ्स जीवनबाट ६ वटा गजल, तथा अन्य गजलकारहरुको गजललाई संयोजन गरि सोमबार पद्मिनी गजलसंग्रह विमोचन गरिएको हो । राजधानीको एक होटलमा विमोचन गरिएको उक्त एल्वममा संगितकार महेश खड्का, सुरेश गैरे, हरि लम्साल र ताराप्रकाश लिम्बुको संगीत सुुन्न सकिन्छ ।

पद्मिनीमा स्वरुपराज आचार्य, दिपक लिम्बु र ताराप्रकाश लिम्बुको स्वर सुन्न सकिन्छ । त्यस्तै गायिकाहरुमा अन्जु पन्त, निरा रानाभाट र सुनिता थेगिमले स्वर दिएका छन् । ७ वटा गजल भएको पद्मिनी एली फेम्बोल लिम्बुको आर्थिक लगानीमा तयार पारिएको हो । त्यसैगरि सोही गजलसंग्रहमा अञ्जु पन्तको स्वरमा रहेको ‘कहाँ कहाँ खोजेँ तिमिलाई’ नामक गजलको भने म्युजिक भिडियो सार्वजनिक गरिएको छ । रीमा विश्वकर्मा र जीवन भट्टराईको अभिनयमा रहेको उक्त म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेको हुन् ।
पद्मिनी गजलसंग्रहको बजार व्यवस्थापनको जिम्मेवारी पद्मिनी ईन्टरटेनमेन्ट प्रालीले लिएको छ ।

० प्रतिक्रिया




ट्रेन्डिङ