'; '; ';

हङ्गेरीका सवैभन्दा जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन

हङ्गेरीका सवैभन्दा जेष्ठ नागरिकको १११ बर्षको उमेरमा निधन

बुडापेष्ट, कात्तिक १९ । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ ।

“अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका छन् । उहाँको गत शनिबार निधन भएको समाचारमा जनाइएको छ ।

उहाँ सन् १९०७ मा जन्मिनु भएको हो भने उहाँ किसान हुनुहुन्थ्यो । उहाँका तीन छोराछोरी थिए भने सात जना नातिनातिना र १४ जना पनाती पनातीनी र पाँच खनाती खानातिनी रहेका छन् ।

मुलुककै सवैभन्दा जेष्ठ नागरिक भएकाले उहाँको अन्त्यष्टिको बारेमा अहिले केही जानकारी दिइएको छैन । (रासस/सिन्ह्वा)

० प्रतिक्रिया




ट्रेन्डिङ