'; '; ';

ट्रम्पको चुनावी प्रचारसामाग्री प्रशारण गर्न टेलिभिजनहरुले किन अस्विकार गरे ?

ट्रम्पको चुनावी प्रचारसामाग्री प्रशारण गर्न टेलिभिजनहरुले किन अस्विकार गरे ?

बीबीसी । अमेरिकी संसदीय चुनाव प्रचारप्रसार अभियान अन्तिम चरणमा आइपुग्दा प्रचारप्रसारको शैली जातिवादी हुँदै गएको आरोप लगाइएको छ । विभिन्न किसिमका प्रचारहरुलाई अमेरिकाका मुलधारका संचारमाध्यमहरुले प्रशारण नगर्ने बताएका छन् । डोनाल्ड ट्रम्पको टोलीले एकजना गैरकानुनी आप्रवासीले प्रहरीलाई मारेको विषयमा एक प्रचारसामाग्री बनाएका थिए । तर त्यहाँका टेलिभिजनहरुले उक्त प्रचार सामाग्रीलाइ हटाएका छन् भने प्रशारणमा रोक लगाउने घोषणा समेत गरिसकेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिएको फक्स न्युज टेलिभिजनले पनि समाजमा द्वन्द्व भड्काउने खालका प्रचारसामाग्रीहरुलाई प्रशारणमा रोक लगाउने घोषणा गरिसकेको छ । सोमवार एनबीसी र सामाजिक सञ्जाल फेसबुकका साथै ट्रम्पलाई मनपर्ने फक्स न्यूजले पनि ट्रम्पको ३० सेकेन्ड लामो एउटा चुनावी प्रचार सामग्री प्रसारण नगर्ने घोषणा गरेका छन्।

यसैबीच फलोरिडा र जर्जियामा चर्चित अफ्रिकी–अमेरिकी उम्मेदवारहरूलाई लक्षित गर्दै स्वचालित जातिवादी कलहरू आएका छन्। मङ्गलवारको संसदीय चुनावलाई राष्ट्रपति ट्रम्पको कार्यकालको परीक्षणका रूपमा हेरिँदैछ।

चुनावी नतिजाले ट्रम्पको बाँकी दुई वर्षे कार्यकाल कस्तो हुने भन्ने निर्क्योल गर्नेछ।
अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान र माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि चुनाव हुन लागेको हो। ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमत सङ्ग्रह सरह हुने ट्रम्पले बताउने गरेका छन्।

गत अगस्टमा ट्रम्पले संसदीय चुनावमा डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू हिंसात्मक रूपले उल्ट्याइने चेतावनी दिएका थिए। भिडिओ क्लिपमा डेमोक्र्याटहरूले कागजात विनै मेक्सिकोका एक आप्रवासीलाई अमेरिका प्रवेश गर्न दिएको र ती आप्रवासीले सन् २०१४ मा क्यालिफोर्नियामा दुईजना अधिकारीको ज्यान लिएको देखाइएको छ।

ट्रम्पले गत हप्ता उक्त क्लिप ट्वीट गरेका थिए, तर जातिवादी भन्दै सीएनएनले त्यसलाई प्रसारण गर्न अस्वीकार गर्‍यो। पूर्वराष्ट्रपति बराक ओबामाले देशको चरित्र र सार्वजनिक जीवनमा मानिसहरूले आफूलाई कसरी अघि बढाए भन्ने कुरा मतपत्रमार्फत् व्यक्त हुने बताएका छन्। निर्वाचनबाट डेमोक्र्याटिक पार्टीले हाउस अफ रेप्रेजेन्टेटिभमा पुनः नियन्त्रण कायम गर्न चाहेको छ भने रिपब्लिकन पार्टीले सिनेटमा आफ्नो पकड बलियो पार्न चाहेको छ।

० प्रतिक्रिया




ट्रेन्डिङ