'; '; ';

सयपत्री फूलका फाइदैफाइदा, अनुहार चम्काउने देखि स्तन क्यान्सर नियन्त्रणसम्म

सयपत्री फूलका फाइदैफाइदा, अनुहार चम्काउने देखि स्तन क्यान्सर नियन्त्रणसम्म

काठमाडौँ, कात्तिक २१ । फूल कसलाई मन नपर्ला ? त्यसमा पनि सयपत्री । फूल भन्नेबित्तिकै प्रत्येक नेपालीले तिहार सम्झन्छन् । किनकी तिहारलाइ फूलको चाड भनेर पनि बुझिन्छ । तर तिहार अन्य चाडपर्व तथा धार्मिक अनुष्ठानमा अत्याधिक प्रयोग हु्ने सयपत्री फूलको धार्मिक महत्व जति छ वैज्ञानिक महत्व पनि त्यत्ति नै छ । सयपत्री फूूलका अनेकौँ फाइदा छन् ।

सयपत्रीका किसिम
कटेज रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो, स्विट क्रिम लगायत गरेर २५ थरी सयपत्री फूल पाइन्छन् । सयपत्री एउटा फूलको प्रजाती हो । यो फूल नेपालको प्रसिद्ध फुल हो । नेपालमा कलकत्ते जातिले सयपत्रीको बढी खेति गर्छन । सयपत्री फूल विभिन्न रङ तथा साइजका हुन्छन् ।

यसका फाइदाहरु यस्ता छन् :

  • सयपत्री फुललाई सुकाएर चियाका रुपमा प्रयोग गर्न सकिन्छ र यसले पेटसम्वन्ध्ी विभिन्न रोग जस्तै ग्यास्टिक अल्सर, पेटमा एसिड बढेको निको हुने गर्छ ।
  • सयपत्री फूललाई सुकाएर पिसेर लगाउनाले अनुहार चिल्लो हुन्छ । अनुहारमा देखिएका घाउ निको हुन्छन् ।
  • सयपत्रीको चास्नी बनाएर पिउनाले रुघाखोकी तथा ज्वरो ठिक हुन्छ ।
  • आखाँ र छालामा हुने विभिन्न समस्याका लागि पनि सयपत्री फूलले औषधीको काम गरेको हुन्छ ।
  • क्यालेनदुला जातको सयपत्री फुलको सिरप ड्रपले दुखेको कानलाई धेरै आराम दिने काम गर्छ ।
  • सुकेको सयपत्री फूललाई तातोपानीमा हालेर नियमित पिउनाले मुखको अल्सर निको हुन्छ ।
  • ब्रेस्ट क्यान्सर हुनेले नियमित रुपमा सयपत्री फूल प्रयोग गर्नाले विस्तारै कम हुँदै जान्छ ।
  • प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाउँमा लगाउनाले दादलाई निकै फाइदा गर्छ । यो प्रक्रिया दिनमा दुइतिन पटक गर्दा राम्रो हुन्छ ।
  • वातावरिणय प्रदुषण , चूरोट या सुर्तिजन्य बस्तुबाट हुने विभिन्न रोगबाट बच्न पनि सयपत्री फुलको जुस नियमित प्रयोग गर्नाले फाइदा गर्छ ।
  • रातभर भिजाएर राखेको सयपत्रीको पानिले मुख धुनाले तपाइको आँखामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ ।
  • विभिन्न तारेहोटलमा सयपत्री फूललाई सुप, सस, सलाद, जुस र केकमा प्रयोग गर्छन जुन स्वास्थ्यको लागि अति नै उपयोगी मानिन्छ ।
  • सौन्दर्यका लागि पनि सयपत्री पेटल, मह, बेसन, क्रिम मिसाएर फेसवास गर्नाले अति चमक आउँछ ।
  • जीन्दगीमा शारीरिक रुपमा देखा पर्ने विभिन्न् प्रकारका चर्मरोग जस्तै जिउ चिलाउने जस्ता विभिन्न प्रकारका रोगहरुको निर्मुल पार्ने गर्दछ । नयाँ पत्रिकाबाट

० प्रतिक्रिया




ट्रेन्डिङ