'; '; ';

वडा अध्यक्षले गरे शिक्षकमाथि कुर्ची प्रहार

वडा अध्यक्षले गरे शिक्षकमाथि कुर्ची प्रहार

प्यूठान, कार्तिक २१ । प्यूठानको झिमरुक गाउँपालिका वडा नम्बर –८, का वडाध्यक्ष तुलस बस्नेतले स्थानीय शिक्षक सिद्धिमान एमसीलाई कुटेका हुन् ।

विद्यालय व्यवस्थापन समितिको बैठकमा सामान्य भनाभन भएसँगै वडा अध्यक्ष बस्नेतले शिक्षक एमसीलाई कुटपिट गरेका हुन् ।
सामान्य भनाभन भइरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीले बताए ।

शिक्षक एमसी जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा विगत चारवर्षदेखि प्रावि तहमा अध्यापन गराउदै आएका छन् ।
उनले मंगलबार प्यूठान अस्पताल बिजुवार पुगेर आफ्नो उपचार गराएका छन् । टाउकोमा पाँचवटा टाँका लगाइएको छ ।

० प्रतिक्रिया




ट्रेन्डिङ