'; '; ';

राष्ट्रपतिले बोलाएको दिवाभोजमा को–को भए सरिक ?

राष्ट्रपतिले बोलाएको दिवाभोजमा को–को भए सरिक ?

काठमाडौं, कार्तिक २१ । तिहार, नेपाल सम्वत् र छठ पर्वको अबसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले दिवाभोजको आयोजना गरिन् । भण्डारीले राष्ट्रपति कार्यलय शित्तल निवासमै दिवाभोजका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामख र प्रमुख चार पार्टीका नेताहरुलाई बोलाईन ।

दिवाभोजपछि राष्ट्रपति भण्डारीले मुलुकको राजनीतिक परिर्वतनमा दलहरुले निर्णायक भूमिका निर्वाह गरेको बताईन ।

अब देशको विकास र आर्थिक समृद्धिको यात्रालाई सफल पार्न उनले आग्रह गरिनन् । साथै आर्थिक विकासको अभियानलाई तीव्रता दिन सरकार र दलहरुलाई आफ्नो सहयोग समेत रहने उनले बताईन ।

यी हुन दिवाभोजमा सहभागी गृहमन्त्रीदेखि पूर्वप्रधानमन्त्री र नेताहरु

  • उपराष्ट्रपति नन्दबहादुर पुन

  • गृहमन्त्री रामबहादुर थापा बादल

  • मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मी

  • पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल

  • पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द,

  • पूर्व सभामूख सुभासचन्द्र नेम्वाङ

  • पूर्व सभामुख ओनसरी घर्ती

  • पूर्व गृहमन्त्री भिम रावल

  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ

  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल

  • नेपाली कांग्रेसका वरीष्ठ नेता रामचन्द्र पौडेल

  • नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला

  • नेपाली कांग्रेसका नेता शशांक कोइराला

  • नेपाली कांग्रेसका उप–सभापति विजयकुमार गच्छदार

  • संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र महतो

  • संघिय समाजबादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, लगायत नेताहरु

० प्रतिक्रिया




ट्रेन्डिङ