'; '; ';

बर्दीको आडमा शसस्त्रको दादागिरी, सार्वजनिक स्थलमै महिलालाई लछारपछार (भिडियोसहित)

बर्दीको आडमा शसस्त्रको दादागिरी, सार्वजनिक स्थलमै महिलालाई लछारपछार (भिडियोसहित)

 

मंसिर ७ वीरगञ्ज । वीरगञ्जमा शसस्त्र प्रहरीले एक महिलामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार गरेका छन् । प्रहरीले नाकाबाट सामान ल्याई बेच्ने व्यापारी महिलालाई सार्वजनिक स्थलमा लछारपछार पारेका हुन् ।

प्रहरीले महिलामाथि सार्वजनिक स्थलमा दुव्यर्वहार गरेपछि प्रहरीको स्थानीयले चर्को विरोध गरेका छन् । महिलामाथि दुर्व्यवार गर्ने २ जना जवानमाथि कारबाही सुरु गरिएको प्रहरीले बताएको छ ।

वीरगन्ज भन्सार कार्यालयको सुरक्षामा खटिएका प्रहरीले एक महिलालाई कपाल तथा कठालोमा समातेर लछारपछार पारेका थिए । पछि यो घटना मिडियामा आएपछि शसस्त्र प्रहरीको चर्को आलोचना भएको छ । लगत्तै सशस्त्र प्रहरीले महिलामाथि दुव्र्यवहार स्वीकार गरेको छ । र, निकायले प्रहरी जवानमाथि विभागीय कारबाही हुने बताएको छ ।

प्रत्यक्षदर्शीका अनुसार नाकाबाट पोके तस्करी गर्ने महिला र प्रहरीबीच सामान चेकजाँचक्रममा विवाद हुँदा खोसाखोस भएको थियो । त्यसक्रममा प्रहरीले महिलामाथि दुव्र्यवहार गरेका थिए ।

० प्रतिक्रिया




ट्रेन्डिङ