'; '; ';

५ करोड अनियमितता गरेपछि पासपोर्ट रोक्का भएका मजदुर नेता गणेश रेग्मी डेनमार्क प्रस्थान !

५ करोड अनियमितता गरेपछि पासपोर्ट रोक्का भएका मजदुर नेता गणेश रेग्मी डेनमार्क प्रस्थान !

काठमाडौं, १८ मंसिर । ५ करोड रुपैयाँ भन्दा बढी सरकारी सम्पत्ति अनियमितताको आरोपमा कालो सूचीमा परेका एक मजदुर नेता बिनारोकटोक डेनमार्कको राजधानी पुगेका छन् । युवा स्वरोजगार तथा साना व्यावसायी कोषको ५ करोड भन्दा बढी रकम मजदुर शहिद स्मृति सहकारी संस्थाको नाममा ब्रम्हलुट मच्चाएका रेग्मीको राहदानी रोक्का गरिएको थियो ।

कोषबाट लिएको ऋण नतिरेपछि उनलाई युवा तथा खेलकुद मन्त्रालयले कालोसुचीमा राख्नका लागि परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो ।
पूर्व माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुफका केन्द्रीय अध्यक्ष समेत रहेका रेग्मी मजदुर सहिद स्मृति सहकारी संस्थाका तत्कालिन अध्यक्ष समेत हुन् ।

रेग्मीलाई देश बाहिर जान प्रतिबन्ध लगाउनका लागि गत कार्तिक २६ गते युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो ।
स्रोतका अनुसार परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयबीचको समन्वय नभएपछि रेग्मी सुटुक्क भाग्न सफल भएका थिए ।


शनिबार रेग्मी सहित जीफन्टका अध्यक्ष विनोद श्रेष्ठसहितको टोली अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ ‘आइटीयुसीको सम्मेलनमा भाग लिनका लागि डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका थिए ।

त्रिभूवन विमानस्थलमा भने रेग्मी असार यता विदेश नगएको रेकर्ड छ । तर, जिफन्टका नेताहरुले भने कोपन हेगनमा रेग्मी सहितको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

रेग्मी अध्यक्ष रहेको सहिद स्मृति उपभोक्ता सहकारी संस्थाले २०६८ सालमा ४ वर्षमा भुक्तानी गर्ने सर्तमा कोषबाट ५ करोड रुपैयाँ लिएका थिए ।

० प्रतिक्रिया




ट्रेन्डिङ