'; '; ';

महोत्तरीमा ५० एचआइभी सङ्क्रमित

महोत्तरीमा ५० एचआइभी सङ्क्रमित

 

बर्दिवास, १८ मङ्सिर । महोत्तरीमा एचआइभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो ।

सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा सङ्क्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिए । सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका थिए ।

सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । वैदेशिक रोजगारीबाट फर्किएकाहरु सङ्क्रमित भएको पाइएको छ । सङ्क्रमित ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केको पाइएको छ । सङ्क्रमितमध्ये पाँच बालबालिका छन् । सङ्क्रमित बढीजसो भारत र मलेशियाबाट फर्केकाहरु छन् । यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

० प्रतिक्रिया




ट्रेन्डिङ