'; '; ';

विन्दाको पीडा : श्रीमानले छाडिदिए, छोरालाई क्यान्सर लाग्यो, उपचार गर्ने पैसा छैन’

विन्दाको पीडा : श्रीमानले छाडिदिए, छोरालाई क्यान्सर लाग्यो, उपचार गर्ने पैसा छैन’

काठमाडौँ । ११ वर्ष अघि श्रीमानले छोड्दा समेत उनका आँखाबाट त्यति धेरै आँसु झरेनन्, जती आफ्नो एक मात्र छोरा १९ वर्षिय राजेशलाई क्यान्सर हुँदा झरिरहेका छन् । काठमाडौँस्थित गोंगबुमा सानो टेलरिङ्ग पसल खोलेर जिबिकोपार्जन गर्दै आएकी खोटाङ्ग बतासेकी बिन्दा दंगालका श्रीमान २०६४ सालमा घरबाट निस्केका थिए तर अहिलेसम्म घर फर्केका छैनन् । न त उनी सम्पर्कमा नै छन् । श्रीमानले छोडेदेखि तीन सन्तानको जिम्मा एक्लैले सम्हाल्दै आएकी बिन्दाले तीनै सन्तानको मायाँमा नै आफ्नो सानो संसार बनाएकी थिइन् । उनै सन्तानको खुसी नै आफ्नो बाँच्ने आधार बनाएकी उनलाई यतिबेला छोराको रोगले खपिनसक्नु पीडा दिएको छ । नदियोस पनि कसरी ? उनीसँग छोराको उपचार गर्नका लागि पैसा छैन ।

गत साउन ताकाको कुरा हो । छोरा राजेशको खुट्टामा हल्का दुखाई सुरु भएको थियो । केही दिनसम्म दुखाई सहदैँ थिए । तर दुखाई कम नभएपछि बिन्दाले राजेशलाई राजधानीस्थित क्यापिटल अस्पतालमा भर्ना गरिन्। तर त्यहाँ उनको रोगको पहिचान भएन । शिक्षण अस्पतालमा जाँच गर्दा राजेशको ढाडमा ट्युमर पलाएको भनिएको थियो । अप्रेशन गरेपछि निको हुने भनिएपछि डाक्टरको सल्लाह अनुसार नै वीर अस्पताल धाउन थालिन् ।


तर शल्यक्रियाका लागि उनीसँग पैसा थिएन । उनी दिनरात नभनी आफुले चिनेका र नजिकका आफन्तहरुसंग सापटी मागेर पैसा जुटाउनतिर लागिन् । आफन्त तथा छिमेकीहरुले दिएको ऋणका भरमा उनले छोराको सल्यकृयाका लागि पैसा जम्मा गरिन् । डाक्टरको सल्लाह अनुसार राजेशको अप्रेशन पनि गरियो तर अप्रेशन पश्चात पनि राजेशको स्वास्थ्यमा कुनै सुधार देखिएन । अप्रेशन पछि मात्र थाहा भयो राजेशलाई क्यान्सर भएको रहेछ ।

छोरालाई लागेको रोगका कारण उनी निकै आत्तिइन् । क्यान्सर जस्तो भयानक रोग, त्यसमाथि उपचारका लागि पैसा छैन । छोरालाई रोग लागेकोमा उनी जति दुखी थिइन्, उपचारका लागि पैसा नभएको र रोग निको हुने नहुने अन्यौलताका कारण त्यो भन्दा बढी दुखीे भइन् । तर पनि छोरालाई बचाउने हिम्मत बोकेर उनी भक्तपुर क्यान्सर अस्पताल पुगिन् ।


भक्तपुर क्यान्सर अस्पतालका डाक्टर अजय झाले पहिलो श्रेणीको क्यान्सर भएको हुँदा पुरै निको हुने अश्वाशन दिएको उनले बिर्सेकी छैनन् । भन्छिन्,– “डाक्टरले निको हुन्छ भनेपछि मैले डाक्टरले जे भन्नुहुन्छ त्यही गरें तर छोराको अवस्था दिनदिनै बिग्रदै गयो ।” छोराको बिग्रदो स्वास्थ्य अवस्थाका कारण बिन्दालाई चैनको निद्रा थिएन । अस्पतालमा कैयौ रात अनिँदै बिते । कैयौ दिन भोकै गुजारिन तर उनको पीडामा मलम लगाईदिने कोही थिएनन् । तरपनि जस्तो सुकै परिस्थितिमा पनि उनी आत्तिइनन् । निरन्तर छोराको हेरचाहमा खटिईन् । डेरामा दुई जना साना छोरीलाई एक्लै छोडेर महिनौसम्म अस्पतालमै बसिन् ।

अप्रेशन पश्चात पनि सुधार नभएको राजेशको अवस्था झनै बिगिँ्रदै थियोे । त्यसपछि डाक्टरकै सल्लाह अनुसार किमो थेरापी सुरु गरियो । किमो थेरापीले पनि राजेशको अवस्थामा कुनै सुधार आएन । डाक्टरले किमो थेरापी बन्द गराएर रेडियो थेरापी सुरु गरे । रेडियो थेरापीले पनि राजेशको अवस्थामा कुनै सुधार आएन । अस्पतालको महिनौँसम्मको बसाई अनि छोराको बिग्रदो अवस्था र बढिरहेको ऋणका कारण बिन्दा बिछिप्त बनेकी थिइन् ।

अस्पतालको उपचार पश्चात छोरा पूर्ण रुपमा निको हुने बिश्वास लिएकी बिन्दालाई चरम आर्थिक भार र छोराको बिग्रदो अवस्थाले औधी पिरोल्ने गर्छ । भन्छिन्,– “पैसा हुदोँ हो त ठुला र राम्रा अस्पतालमा लगेर उपचार गराउने थिए, जसरी भए पनि मेरो छोरा बाँचेको हेर्न चाहान्छु ।” साउनदेखि छोराको हेरचाहमा खटिएकी बिन्दाले पसलमा समय दिन पनि भ्याएकी छैनन् ।

दिनभरि कपडा सिलाएर कमाएको पैसाले घरको भाडा तिर्न, छोराछोरी पढाउन र बिहान बेलुकीको छाक टार्न जेनतेन पुगेकै थियो । तर अहिले त पसल पनि ठप्पै छ । छोरा बिरामी भएयता पसलबाट आउने आम्दानी बन्द भएको भन्दै गुजरा चलाउन समेत मुस्किल भएको भन्दै बिन्दाले दियोपोष्टसंग दुखेसो पोखिन् ।


कक्षा १२ सम्मको अध्ययन पुरा गरेका राजेश पढाइमा अब्बल थिए । छोराले पढेर समाज सेवा गरोस् भन्ने बिन्दाको चाहना छ । तर उनको चाहानाको बीचमा ठुलो पर्खाल बनेर उभिएको छ छोराको रोग र कमजोर आर्थिक अवस्था । पैसा नभएकै कारण छोराले क्यान्सरको उपचार नपाएको भन्दै उनले आर्थिक सहयोगका लागि सबैमा अपिल गरेकी छिन् । कसैले आर्थिक सहयोग गरिदिए आफ्नो छोराले उपचार पाउने उनको बिश्वास छ ।

राजेश दंगालको उपचारका लागि आर्थिक सहयोग गर्नुहुने महानुभावहरुले बिन्दा दंगालको नाममा खोलिएको (ग्लोवल आइएमइ बैंक, पानीपोखरी शाखा,अकाउन्ट नं. ३३०७०१००४०४७५) मा सिधै रकम जम्मा गर्न सक्नुहुनेछ ।

० प्रतिक्रिया




ट्रेन्डिङ