काठमाडौँको संकटा मन्दिर संकटाको एक प्रसिद्ध मन्दिर हो ।
यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ ।
संकटा मन्दिरको पहिलो तल्लामा संकटा अवस्थित छ भने तल्लो तल्लामा करुणामय अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।
संकटाको मन्दिर नेपाली तले मन्दिरको शैलीमा दुई तलाको बनाइएको छ ।
संकटामा बौद्धमार्गीहरू तान्त्रिक विधिले पूजाआजा गर्दछन् भने हिन्दूहरू नवरात्रका बेला यिनको पूजाआजा गर्दछन् ।