काठमाडौँ उपत्यकामा भेटिएको १३ औँ शताब्दी (मल्ल काल) को दुर्लभ 'जलपुरुष' को मूर्ति।

उपत्यकाका परम्परागत हिटी (ढुङ्गेधारा), पोखरी वा धार्मिक क्षेत्रमा जल तत्व र संरक्षक देवताका रूपमा जलपुरुष वा 'मत्स्य मानव' का आकृतिहरू कुँद्ने प्राचीन परम्परा रहेको पाइन्छ।

पौराणिक कालदेखि नै नागा, मत्स्य र जलचरहरूलाई उपत्यकाको जलस्रोतको रक्षकका रूपमा पूजा गरिने सांस्कृतिक परम्परालाई यो १३ औँ शताब्दीको जलपुरुषको मूर्तिले पुष्टि गर्छ।