राजधानीमा मनाइयो १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आज देशभर १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । यस अवसरमा राजधानीको बसन्तपुरमा विशेष कार्यक्रमहरू आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले परम्परागत पोसाक, दौरा–सुरुवाल, गुन्यु चोली र नेपाली टोपीमा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

यस अवसरमा युवाहरू, सांस्कृतिक संस्था र समुदायका सदस्यहरूले र्याली, प्रदर्शनी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

यस दिवसको मुख्य नारा ‘नेपाली टोपीस् हाम्रो पहिचान’ रहेको छ। यसले नेपाली पोसाक र टोपीको महत्वलाई जनमानसमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

विगत १३ वर्षदेखि मनाइँदै आएको यस दिवसले विशेषगरी युवाहरूमा परम्परागत पोसाकको पहिचान र संरक्षणप्रति चेतना जगाएको छ। आयोजकहरूले परम्परागत पोसाकको प्रयोग र संरक्षणमा जनसामान्यको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।