गुल्मीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका-६, अर्जेमा बिद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ । दुर्घटनामा स्थानीय ३५ वर्षिय बसन्त अर्याल र ६५ वर्षिया मनकला अर्यालको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा ७ वर्षिय वालक अनुभव गिरी र ४० वर्षिया लिला अर्याल गंभिर घाइते भएको अर्जे स्वास्थ्य चौकीका संयोजक गोबिन्द अर्यालले जानकारी दिए । घाईतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनको भनाई छ ।

शुक्रबार बिहान ८ बजेतिर अर्जेस्थित ‘सिद्ध इंलिस बोर्डिङ स्कुल’का विद्यार्थी बोकेर बनभोजका लागि हिँडेको बसले तलबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । ओरोलोमा बस नियन्त्रण हुन नसक्दा विपरित दिशाबाट आइरहको मोटरसाइकललाई ठक्कर दिन पुगेको स्थानीयको भनाई छ ।

बाटो ओरालो भएको र ओरालोमा बसको ब्रेकले काम नगरेका कारण दुुर्घटना भएको मालिका गाउँपालिका–६ का वडा अध्यक्ष देबीराम अर्यालले जानकारी दिए ।

बसमा सबार सबै विद्यार्थी सकुशल रहेको सिद्ध इंलिस बोर्डिङ स्कुलका प्रधानध्यापाक भिम भट्टराइले दियोपोष्टलाई बताए ।