काठमाडौं । राष्ट्रिय स्वतन्त्रता पार्टीले संघीय निर्वाचन क्षेत्र नम्बर २ धादिङबाट बोधनारायण श्रेष्ठलाई प्रतिनिधि सभा सदस्यको टिकट दिएको छ । धादिङको ज्वालामुखि गाउँपालिका २ मैदी घर भएका श्रेष्ठ रास्वपाको संगठन विभाग उपप्रमुख समेत हुन् ।
उनी लामो समयदेखि युनिसेफको उच्च तहमा काम गरेर राजनीतिमा आएका व्यक्ति हुन् । पहाडी जिल्ला धादिङको मैदी लगायतका स्थानमा खानेपानीको चरम अभाव हुँदा उनले पानी पुर्याएर समाज सेवा समेत गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछानेले उनलाई शनिबार टिकट हस्तान्तरण गरेका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीले यो क्षेत्रमा रामबहादुर भण्डारीलाई टिकट दिएको छ भने एमालेबाट धनबहादुर घले उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसको उम्मेदवार भने छनौट भइसकेको छैन ।