महावीर पुनद्वारा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता

दियोपोस्ट संवाददाता  

काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट उम्मेद्वारी दिएका छन् । पुनले आज म्याग्दी पुगेर निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो मनोनयन दर्ता गराएका हुन् ।

यद्यपी, पुनलाई रास्वपाले सहयोग गर्ने बुझिएको छ । म्याग्दी एकल निर्वाचन क्षेत्रमा पर्ने जिल्ला हो ।