झापा-५ः बालेन साह र रन्जित तामाङद्वारा उम्मेदवारी दर्ता, ओली दर्ता प्रक्रियामा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ मा उम्मेदवारी दर्ताको प्रक्रिया सुरु भइसकेको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साह ‘बालेन’ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रन्जित तामाङले सोही क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन्।

बालेन र तामाङले आज दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन फाराम बुझाउँदै निर्वाचनमा सहभागी हुने औपचारिक घोषणा गरेका हुन्।

यता, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि झापा-५ बाट उम्मेदवारी दिने तयारीमा छन्।

झापा-५ परम्परागत रूपमा एमालेको बलियो क्षेत्र मानिन्छ। बालेन साह, रन्जित तामाङ र केपी ओलीको उम्मेद्वारीले झपाको चुनावी माहोल प्रतिस्पर्धात्मक बन्ने देखिएको छ ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार उम्मेदवारी दर्ताको अन्तिम मिति नजिकिँदै गर्दा दर्ता प्रक्रिया अझ तीव्र हुने छ।