महेश बस्नेतको निर्वाचन क्षेत्रबाट शोभा पाठकले दिइन् उम्मेदवारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । एमाले सचिब महेश बस्नेतले उम्मेद्वारी दर्ता गराएको निर्वाचन क्षेत्रबाट शोभा पाठकले पनि उम्मेदवारी दिएकी छन् । उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएकी हुन् ।

पाठकले आजै भक्तपुरको बोडेस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी थिइन् । उनले आफुमाथिको अन्यायका बिरुद्ध र जेनजी युवाहरुको मर्म र भावनाको न्यायका निम्ती उम्मेद्वारी दर्ता गराएको बताएकी छन् ।

उनले भनिन्, ‘महेश बस्नेतले म माथि जघन्य अपराध गरेको छ । उसले जेनजी भाई बहिनीहरुलाई आतंककारी भनेको छ । उनीहरुको न्याय र म माथिको अपराधका बिरुद्ध मैले उम्मेद्वारी दिएकी छु ।’

चुनाब चिन्हबारे पछि टुङ्गो लाग्ने उनको भनाई छ ।