प्रचण्डले दिए रुकुम पूर्वबाट उम्मेद्वारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वबाट उम्मेद्वारी दर्ता गराएका छन् । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका उनले रुकुम पूर्व पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।

बाजा गाजासहित उम्मेद्वारी दिन रुकुम पुगेका प्रचण्डले आफ्नो उम्मेद्वारी एक थान सांसद पदका लागि मात्रै नभएको बताएका छन् । उनले रुकुमेली जनाताको भावनालाई कदर गर्दै त्यो क्षेत्रलाई बिकासको पथमा अघि बढाउन उम्मेद्वारी दिएको बताए ।