जगदीश खरेलले दिए ललितपुर-२ बाट उम्मेदवारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । निवर्तमान संचार मन्त्री जगदिश खरेलले ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उनले उम्मेद्वारी दिएका हुन् ।

खरेलले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्नकै लागि एकदिन अघि सोमबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।