चुनाब गराउने ‘म्यान्डेट’ पाएको सरकारका मन्त्रीहरु राजीनामा दिई आफै चुनाबी मैदानमा भिड्दै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । गत भदौँ २३ र २४ गते भएको जेन-जी आन्दोलन पछि शुसिला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको मुख्य काम चुनाब गराउनु थियो । तर उनै कार्की नेतृत्वको सरकारका मन्त्रीहरु भने धमाधम सरकारबाट राजीनामा दिँदै आफै चुनावमा होमिन थालेका छन् ।

अहिलेसम्म सरकारमा रहेका चार जना मन्त्रीहरुले राजीनामा दिएर आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार बनिसकेका छन् । उर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता, संचार मन्त्री जगदिश खरेल र शिक्षा मन्त्री महावीर पुनले मन्त्री पदबाट राजीनामा दिई आगामी चुनाबमा उम्मेद्वार बनेका हुन् ।

यद्यपी, शुसिला कार्की नेतृत्वको सरकारलाई नागरिक सरकारको संज्ञा दिइएको थियो । कुनै पनि राजनीतिक पार्टी र दलसंग आस्था नराख्ने गैर राजनीतिक ब्यक्तिलाई सरकारमा मन्त्री बनाउने भनिएको थियो । तर तिनै गैर राजनीतिक ब्यक्ति भनेर सरकारका आवद्ध भएका मन्त्रीहरुको असली रुप यो चुनाबले छर्लङ्ग देखाइदियो ।

उनीहरुभित्रको राजनीति प्रतिको आश्था यसरी छताछुल्ल भयो कि, उनीहरुले सरकारमा सामेल हुँदै गर्दा खाएको सपथ नै बिर्सिए । त्यसो त, कुलमान घिसिङले सरकारमै हुँदा पार्टी खोले ।

उनी उज्यालो नेपाल पार्टीको संरक्षक बनेर घुमाउरो पाराले राजनीतिमा आवद्ध भइरहेका थिए । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेद्वार चयन गर्ने क्रममा उनी खुलेयाम राजनीतिमा आवद्ध भइसकेका थिए । त्यसलगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपासंग पार्टी एकता नै गरे ।

त्यसपछि कुलमान सरकार र सरकार बाहिर निकै आलोचित भए । प्रधानमन्त्री शुसिला कार्कीले ‘राजनीति गर्ने भए राजीनामा दिनुस,’ भन्दै घिसिङको राजीनामा नै मागेकी थिइन् । त्यसपछि कुलमानले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

अन्तरिम सरकारमा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका बब्लु गुप्ता रास्वपाको बिभिन्न कार्यक्रम देखिन थाले पछि प्रधानमनमन्त्री कार्कीले गुप्तासंग पनि स्पष्टीकरण सोधेकी थिइन् । गुप्ता भिजिट भिसामा अमेरिका जान लागेको बिषय बिवादिन बने पछि प्रधानमन्त्री कार्कीले गुप्तालाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माघ ५ गते जनकपुरमा आयोजना गरेको सभामा भाग लिनका लागि जनकपुर जानका लागि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यता संचार तथा सुचना प्रविधि मन्त्री जगदिश खरेलले आफु कुनै पार्टी या दलमा नरहेको बताउँदै आएका थिए । यस अघि दोलखाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत भएका खरेलले आफु आहिलेसम्म कुनै पनि राजनीतिक पार्टीमा आस्था नराखेको बताएका थिए । तर मन्त्र भइसकेपछि भने उनी रास्वपासंग नजिकिएका थिए ।

प्रधानमन्त्री कार्कीले मन्त्री खरेलसंग यसबारेमा स्पष्टीकरण सोधेकी थिइन् । तर, खरेलले कुनै पनि राजनीतिक पार्टीसंग आफ्नो राजनीतक आवद्धताका बारेमा नरहेको पुरानै भनाई दोहोर्याएका थिए ।

तर, मंगलबार बिहान उनले प्रधानमन्त्री कार्कीलाई भेटेर राजीनामा पत्र बुझाए । त्यसपछि रास्वपाबाट उम्मेद्वारी दिन ललितपुर क्षेत्र नं २ पुगे । चुनाव गराएर मात्रै सरकारबाट बाहिरिने बताउँदै आएका खरेलले आफ्नै बचन समेत पुरा नगरि सरकारबाट बाहिरिएका छन् ।

यता शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका महावीर पुन कुनै पनि राजनीतिक पार्टीमा नरहेको र स्वच्छ छविको व्यक्तिका रुपमा चिनिदै आएका थिए । उनी सरकारमा रहँदा पनि साधारण जीवनशैलीका कारण चर्चामा थिए ।

महावीरले पनि मंगलबार बिहान पदबाट राजीनमा दिएका छन् । उनले राजीनामा दिने बिषयमा कसैले अड्कल समेत काटेका थिएनन् । तर उनले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट उम्मेद्वारी दिने भन्दै राजीनामा दिएका थिए ।

उनले आजै उम्मेद्वारी दर्ता समेत गराएका छन् । उनले स्वतन्त्र उम्मेद्वारी दिएको बताएका छन् । तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा सहयोग गर्ने बुझिएको छ ।

चार मन्त्रीहरुको राजीनामा पछि शुसिला कार्की नेतृत्वको सरकारमा १० जना मात्रै मन्त्रीहरु रहेका छन् ।