काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत, वीरगञ्जमा १ करोड रुपैयाँ धरौटी रकम बुझाएका छन्। अदालतले सानो पाइला बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित रकम अपचलन ९फन्ड हिनामिन० आरोपमा दर्ता भएका मुद्दामा सुनुवाइका क्रममा धरौटी सम्झौता स्वीकार गरेको हो ।
जिल्ला अदालत वीरगञ्जका न्यायाधीश रुद्र सुवेदीको इजलासले लामिछानेलाई बयान लिएका थिए र थुनछेक बहसपछि १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश जारी गरेको थियो। अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनी रिहा भएका छन् । नत्र भने पुर्पक्षका लागि उनलाई थुनामा राखिने व्यवस्था रहेको थियो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्धा दायर गरिएको थियो । पर्सा जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी रकमको बिगो माग गर्दै अभियोगपत्र दर्ता गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधसम्बन्धी विविध कानूनी दफाहरूमा कारबाहीको माग राखिएको छ, । अदालतको आदेशअनुसार धरौटी राखेर लामिछानेलाई छोडिएको अदालत स्रोतले जनाएको छ ।