काठमाडौं । प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भनि रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरि बहादुर थापा मगर र ३७ वर्षीया मिठु मगर भन्ने अनिता थापा मगर रहेका छन् ।
भाद्र २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय काठमाडौं सुन्धारामा पुर्पक्षको लागि थुनामा रहेका ३ जना
प्रतिवादीहरूलाई सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाई दिन्छु, धरौटी बापतको रकम दिनु पर्छ भनी आश्वासन दिई धरौटी बापतको रकम र वकिललाई बहस खर्च भनी ९ लाख रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।