काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा आएकी अमिशा पराजुली आफ्नो चरित्रहत्या गर्नेहरुविरुद्ध उजुरी हाल्न साइबर ब्यूरो पुगेकी छन् । उनी आमा, दिदीलगायत परिवारका सदस्यलाई लिएर उजुरी हाल्न बुधबार साइबर ब्यूरो पुगेकी हुन् ।
साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार अमिशा उजुरीको प्रकिया पुरा गर्दै छिन्। “उहाँले उजुरी दिँदै हुनुहुन्छ, उजुरीको विवरण हेरेर आवश्यक कारबाही अगाडी बढाउछौं”, गिरिले दियोपोस्टलाई बताए ।
ओलीको पक्राउविरुद्ध एमालेले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी उनी साइबर हिंसाको पीडित बनेकी छन् । उनलाई विगतका ३/४ दिनदेखि सामाजिक सञ्जाल, कमेन्ट सेक्सन तथा कन्टेन्ट क्रियटरहरूले विभिन्न धम्किपूर्ण भाषा तथा बलात्कार र यौनहिँसाको धम्की दिँदै आइरहेका छन् । त्यसैगरी, अश्लिल शब्दको प्रयोग गर्दै उनको चरित्रहत्या गर्ने क्रम जारी छ ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै चरित्रहत्या गर्ने, यौनहिंसाको धम्की दिनेलाई कारबाही गर्न अमिशाले माग गरेकी छिन् ।