काठमाडौं । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै सुदन गुरुङ समुहले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन् । गुरुङ समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गर्दै प्रधानमन्त्री कार्कीको राजीनामा माग गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृह मन्त्री बनाउने प्रस्ताब गरेसंगै सुदन गुरुङ समुहले बिरोध गरेका थिए ।
प्रधानमन्त्रीले आफूहरुसँग सल्लाह नगरी मन्त्री नियुक्त गरेको भन्दै गुरुङ समुहले असन्तुष्ट ब्यक्त गरेका छन् । ओमप्रकाश अर्याल नयाँ सरकारको सहजकर्ताको रुपमा आएर आफै गृहमन्त्री भएको भन्दै गुरुङ समुहले आक्रोश ब्यक्त गरेका थिए ।
जेनजी आन्दोलनको क्रममा मृत्यु भएका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।