काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय गरेका छन् । सोमबार उनले पदभार ग्रहणका क्रममा मन्त्री घिसिङले सो निर्णय गरेका हुन् ।
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका मन्त्री घिसिङले विद्युत प्रधिकरणलाईको घाटा कम गर्न बक्यौता रकम उठाइने बताए ।
सपथ ग्रहणका क्रममा उनले राम्रो काम गर्नेलाई राम्रो जिम्मेवारी दिइने र कसैप्रति पूर्वाग्रह नराखिने बताए । उनले कर्मचारीलाई देशको अवस्था हेरेर काम गर्न आग्रह समेत गरे ।
उनले भने, ‘काम एकदमै द्रुतगतिमै गर्नु पर्ने छ । काम गरेर जेनजी युवाको सपना पुरा गर्ने हो । मैले एउटा ठुलो चुनौति लिएर आएको छु । सुशासन कायम गर्न म कुनै पनि कम्प्रमाइज गर्ने छैन । सुशासन र प्रभावकारी सेवा चाहिएको छ ।’