केपी ओली, रमेश लेखकसहित ५ उच्चअधिकारीको राहदानी रोक्का गर्न सिफारिस, काठमाडौं बाहिर जान नपाउने

दियोपोस्ट संवाददाता  

काठमाडौं । ७४ जना नागरिकको हत्या गरेको अभियोग लागेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकसहित ५ उच्च अधिकारीको राहदानी रोक्का गर्न सिफारिस भएको छ । जेन–जी आन्दोलनको घटनासम्बन्धी जाँचबुझ आयोगको आज बसेको बैठकले यस्तो सिफारिस गरेको हो ।

 

आइतबार बसेको आयोग बैठकले उनीहरूको विदेश भ्रमणमा रोक लगाउने गरी कारबाही अघि बढाउन सिफारिस गरेको हो ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सिडिओ छवि रिजालको पासपोर्ट रोक्का गर्न पनि सिफारिस गरेको छ । यो घटनामा जोडिएका प्रहरीको विषयमा भने आयोगले केही निर्णय गरेको छैन ।

आयोगको स्वीकृतिबिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न पनि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।

 

prabhu bank Add

ट्रेन्डिङ