तुइन खोलामा पूनः पहिरो खस्यो, आवागमन ठप्प

दियोपोस्ट संवाददाता  

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पूनः पहिरो खसेको छ । पहिरोका दुईतर्फी आवागमन बन्द भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अझै पनि पहिरो खसिरहेको हुँदा तत्काल सडक खोल्ने अवस्था छैन । पहिरो पूर्ण रूपमा रोकिएपछि मात्र पहिरो हटाउने कार्य सुरु गरिने कार्यालयले जनाएको छ ।

काठमाडौँबाट दशैँका लागि घर फर्किने यात्रुहरु पहिरोका कारण अलपत्र छन् । घण्टौँको जाम र जोखमपूर्ण यात्रा गर्नु पर्ने भएकाले यात्रुले कठिनाइ भोग्नु परेको छ ।

 

prabhu bank Add

ट्रेन्डिङ