आरजुका भाई भुषण राणाको घरमा सीआईबीको छापा

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्व मन्त्री आरजु राणा देउवाका भाई भुषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले छापा मारेको छ । केही शंकास्पद वस्तु भेटिनसक्ने सूचनाका आधारमा आइतबार दिउँसो सिआइबीले छापा मारेको हो ।

एआईजी मनोज केसीका अनुसार, अनुसन्धानका केही सूचनाहरू पाइएपछि केही घरमा खानतलासी गरिएको थियो । अनुसन्धानका क्रममा के के बरामद भए भन्ने बारेमा खुलाउन नमिल्ने उनले बताए ।

निवर्तमान परराष्ट्रमन्त्री राणाले गर्ने धेरैजसो डिलमा भाइ भूषणले डिल गर्ने गर्थिन् । भुषण आरजुका प्रतिनिधिका रुपमा खटिने गरेको सूचना पाएपछि सिआइवीले छापा मारेको थियो ।

यसअघि पनि भूषण विभिन्न ठेक्कापट्टाका विषयमा विवादमा तानिँदै आएका थिए ।

गत २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा देउवा निवास बुढानीलकण्ठमा आगजनी भएको थियो । आगजनीका क्रममा देउवाको घरबाट जलेका नोटहरू फेला परेकोबारे सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरिरहेको छ ।

prabhu bank Add

ट्रेन्डिङ