अर्घाखाँचीमा मिनिबस दुर्घटना, दुई जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

अर्घाखाँची । अर्घाखाँचीस्थित सन्धिखर्क नगरपालिका-९ अर्घा टारीमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नम्बरको मिनिबस रातको २ बजे दुर्घटना भएको हो ।

प्रहरीका अनुसार गाडी टारीको उकालो घुम्तीबाट २० मिटर तल खसेको छ । तीन जनाको अवस्था गम्भीर रहेको छ । अरू सामान्य घाइते छन् । घाइतेको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।

मृतक दुवैको पहिचान हुन नसकेको प्रहरीले बताए । गाडीमा २५ जना यात्रु थिए ।

prabhu bank Add

ट्रेन्डिङ