सीआईबीले छापा हान्दा साक्षी बसेका वडाध्यक्ष भन्छन्, ‘अवैध पैसा छ भनेर आएपनि केही भेटिएन’

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेस सभापति शेरबहादुर देउवाका सालो तथा व्यवसायी भूषण राणाको घरमा आइतबार एक बजे छापा हानेको थियो । तर, आइतबार एक बजे छापा हानेको प्रहरीले चार घण्टापछि ललितपर ४ का वडाध्यक्ष सन्तोष खड्कालाई बोलायो । किनकी उनले साक्षी बसेपछि मात्रै प्रहरी त्यहाँबाट निस्किएको थियो ।

वडाध्यक्ष खड्काका अनुसार ५ बजेतिर उनलाई सीआइबीले बोलाएको थियो । सीआइबीका अधिकारीहरुले राणाको निवासमा अवैध पैसा छ भन्दै छापा हानिएपनि अन्तिममा केही पनि नभेटिएको हो ।
‘बाहिर १० थरी कुरा आएको छ । तर, सीआइबली मुचुल्कामा केही पनि नभेटेको भनेर मलाई हस्ताक्षर गराएको छ,’ उनले दियोपोस्टसँग भने,‘मैले ५ बजे पुगेर हस्ताक्षर गरेपछि सीआइबीको टोली गएको हो ।’
अनुसार राणाको घरमा रहेका परिवारका सदस्यसँग सामान्य सोधपुछ गरिएको थियो । सीआइबीकै अधिकारीहरुले पनि राणाको निवासमा केही पनि नभेटिएको बताएको छ ।
स्रोतका अनुसार भूषण राणा एक महिनादेखि विदेशमा छन् । देउवा पत्नि आरजु राणाको अकुत रकम लुकाएको भन्दै भुषणमाथि छानबीन चलेको हो । तर, उनको साथबाट केही हात नलागेपछि सीआइबीको छापा नै विवादमा पर्ने देखिएको छ ।

prabhu bank Add

ट्रेन्डिङ