पूर्वसभामुख महरा, घर्ती र राष्ट्रिसभा पूर्वअध्यक्ष तिमिल्सिनाले गरे सवारी सुविधा फिर्ता

दियोपोस्ट संवाददाता  

काठमाडौं । पूर्वसभामुखहरु कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सवारी सुविधा फिर्ता गरेका छन् । सरकारले कानूनविपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई सवारी सुविधा फिर्ता गर्न सूचना जारी गरेपछि उनीहरुले गाडी फिर्ता गरेका हुन् ।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार कानूनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएता पनि उनीहरुले कानुन विपरित सुबिधा लिँदै आएका थिए । अर्थमन्त्रीले सामाजिक सञ्जालमार्फत उनीहरूले सुविधाका रूपमा लिँदै आएका सवारी फिर्ता भएको जानकारी आफूलाई भएको बताएका हुन् ।

prabhu bank Add

ट्रेन्डिङ