महोत्तरी । महोत्तरीको खयरमारामा बस दुर्घटना हुँदा २ जानाको मृत्यु भएको छ । घारीबथानबाट खयरमारा हुँदै काठमाडौं जान लागेको ना६ख १४६४ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा २० जना घाइते भएको छन् । घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा घाइते भएका ईश्वरपुर नगरपालिका-१२, सर्लाहीका १२ वर्षीय प्रविण खड्का र पैदल यात्रु स्थानीय चुल्हाई चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए ।
बस दुर्घटनापछि बस चालक फरार छन् । बस चलकको खोजी भइरहेको प्रहरीले बताए ।