काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडामा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।
बोलेरोमा सवार अन्य ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।