काठमाडौं । देशैभरि भइरहेको भारी वर्षा र दशैं मनाउन गएका कर्मचारी तथा सरोकारवालाहरू घरमै रोकिएको अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव आनन्द काफ्लेले दिएको जानकारी अनुसार सरकारले बिदा दिने निर्णय गरेको हो । अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित भएको र यातायात तथा आवतजावतमा कठिनाइ भएकाले यस अवधिलाई व्यवस्थापन गर्नका लागि दुई दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ ।